दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

१३ बर्ष भयो युट्युब जन्मेको, यस्तो थियो पहिलो भिडियो

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ११, २०७५ भिडियो, विज्ञान प्रविधि, शिक्षा-स्वास्थ्य

आजभन्दा १३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो ।

युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् ।

युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो, :Me at the Zoo ।

युट्युबमा संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ मा उक्त भिडियो अपलोड गरेका थिए । भिडियो केबल १८ सेकेण्ड मात्र लामो थियो । जाभेदका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।

युट्युबमा पहिलोपटक अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म ४ करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

अमेरिकाको सानडिएगो सहरमा रहेको एक चिडियाखानामा पुगेका जाभेद त्यहाँ रहेका हात्तीहरुको अगाडि उभिएर हात्तीका बारेमा कुराकानी गरिरहेका छन् । हात्तीको सबैभन्दा रोचक कुरा नै यसको सूँडा निकै नै लामो हुने उनले बताइरहेका छन् ।

युट्युबको सुरुवात चेड हर्ले, स्टिभ चेन र जाभेद करीमले गरेका थिए । सन् २००६ को नोभेम्बरमा गुगलले १ अर्ब ६५ करोड डलरमा युट्युब खरीद गरेको थियो ।

विभिन्न ८८ वटा देशमा ७६ भाषामा युट्युबमा प्रयोग हुन्छ, वैधानिक रुपमा ।

युट्युबमा हरेक मिनेट ४ सय घण्टा भन्दा धेरै बराबरको भिडियो अपलोड हुने गरेको छ ।

१२ जनवरी २०१७ मा अपलोड भएको  Despacito बोलको गीत युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियो हो । भिडियो अहिलेसम्म ५० अर्ब ७० करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

यस्तो थियो पहिलो भिडियो

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित