राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र पाउने १०१ वर्षीया भगवतीदेवी | बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको मृत्यु | ‘ए’ डिभिजन लिग फुटबल : सङ्कटाद्वारा जावलाखेल पराजित | राष्ट्रिय वाणिज्य बैंकको चालू आर्थिक वर्षको तीन महीनामा १ अर्ब १२ करोड नाफा | नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा, यी विषयहरुमा छलफल हुने | क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ७७ पुग्यो, ९९३ अझै बेपत्ता | छोरालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने, ‘सबैकोे साथले आफ्नो परिवार बिघटन हुनबाट जोगियो’ | प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगन | स्वास्थ्यमा समस्या देखिएपछि डा. केसी अस्पताल भर्ना | ‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै
Nepal Mediciti Hospital Ad

कांग्रेसमा देउवालाई धक्का, कुलबहादुरले पनि हात झिके

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख ९, २०७५ Flash News, मुख्य खबर, राजनीति, समाचार
KB-Gurung-Tapaikokhabar

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले महाधिवेशनताका सभापती देउवालाई दिएको समर्थन फिर्ता गरेका छन् । लामो समय देखी पार्टीको नेतृत्व पंतीमा रहेको मनोमानी तोड्न भन्दै गुरुङले पार्टीको सबै तहका कमिटि भंग गर्न समेत प्रस्ताव गरेका छन् ।

सबै तहको अधिवेशन गरेर आगामी ६ महिनाभित्र महाधिवेशन गर्नु एक मात्र समाधान भएको उनको दाबी छ । केन्द्रीय कार्यसमितिको बैठकमा लिखित धारणा राखेका गुरुङले १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति प्रस्ताव गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

देउवाको सभापतिका हैसियतमा करिव दुई वर्षे कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट निर्वाह गरेको भूमिकाबाट आफू दुःखित भएको उनले बताएका छन् ।

आफ्नो विश्वास र पार्टीको सिद्धान्त विपरित देउवाले गुटलाई प्रोत्साहित गरेको, विधान बमोजिम गर्नुपर्ने मनोनयनहरु नगरी पार्टीलाई ध्वस्त बनाएका उनको आरोप छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित