दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

‘सांगीतिक क्षेत्र साँघुरो छैन, यसैबाट समृद्धि सम्भव छ,’ कुमार रानाको अन्तर्वार्ता (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : चैत ४, २०७४ अन्तर्वार्ता, भिडियो, मनोरञ्जन, साताका कलाकार
kumar rana_tapaikokhabar

कुमार राना एक दशकयता सांगीतिक क्षेत्रमा सक्रिय छन् । यो अवधिमा उनले बहुपहिचान बनाएका छन् । गायक र रेकर्डिस्टका रुपमा परिचय बनाएका कुमार अहिले पनि उत्तिकै जोश जाँगरका साथ यो क्षेत्रमा खटिरहेका छन् । गायक बन्ने सपना बोकेर दाङबाट काठमाडौँ छिरेका कुमार गायक पनि बने र रेकर्डिस्ट पनि बने । अहिले उनले आफ्नै एउटा रेकर्डिङ स्टुडियो संचालन गरिरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा गीत संगीतको क्षेत्र र उनको सांगीतिक यात्राबारे तपाईकोखबरडकमका लागि सुशीला गौतमले गरेको कुराकानीको सम्पादित अश ।

गीत संगीतले तपाईलाई कसरी तान्यो ?
बाल्यकालदेखिकै इच्छा हो । मलाई गीत संगीतले तानेको होइन, म चाहिँ गीत संगीतमा होमिएको हुँ । गायक बन्ने सपना बोकेरै म दाङबाट काठमाडौँ छिरेको थिएँ । तर समय र परिस्थितिले थुप्रै कुरा सिकायो । यद्यपि, मैले संघर्ष गरिरहेँ । कुनै काममा दृढ भएर लागियो भने सफल भइन्छ भन्ने कुरा बुझेको थिएँ । त्यही अनुसार म खटेँ । पूर्ण सफल हुन बाँकी छ । तर, व्यवसायिक गायक भने बन्न सफल भएको छु । योसँगै मलाई धेरैले राम्रो रेकर्डिस्टको दर्जा पनि दिनुभएको छ ।

सांगीतिक क्षेत्रमा अहिले तपाईको ‘पोजिसन’ के हो ?
सांगीतिक क्षेत्रमा पोजिसन बनाउन अझै संघर्ष गर्नुछ । फेरि पोजिसन दिने काम आम दर्शक तथा स्रोतले नै गर्नुहुन्छ । म चाहिँ आफूलाई यस क्षेत्रमा संघर्षरत पात्र भन्न रुचाउँछु । अहिले मेरो पोजिसन यही हो ।

तपाई रेकर्डिस्ट कि गायक ?
तपाई मलाई दुबै तरिकाले चिन्न सक्नुहुन्छ । मैले गीत गाएको छु, त्यसैले म गायक । मेरो आफ्नै स्टुडियो छ, गीतहरु रेकर्ड गर्छु, त्यसैले म रेकर्डिस्ट ।

गायक बन्न आएको मान्छे कसरी रेकर्डिस्ट बन्नुभयो त ?
सपना र यथार्थबीच धेरै ठूलो फरक हुँदो रहेछ । सपना देख्न जति सजिलो हुन्छ, यथार्थ त्यति नै जटिल हुन्छ । सपना पूरा गर्न कहिले काहीँ वास्तविकताहरुलाई अंगाल्न सक्नुपर्ने रहेछ । मैले त्यही वास्तविकतालाई अंगालेको हुँ । तर, मैले मेरो गायकीपनलाई शहीद हुन भने दिइँन ।

मारुनी डिजिटल चाहिँ कसरी स्थापना गर्नुभयो ?
सुरुमा मसँग लगानी थिएन । त्यसैले निकै नै गार्हो भएको थियो । तर, मैले हिम्मत हारिन । र, मलाई भगवानले पनि साथ दिनुभएकै हो । मैले व्यक्तिगत लगानीबाटै मारुनी डिजीटल स्थापना गरेको हुँ ।
यसको व्यवसाय कस्तो छ ?
महिनामा करिब ६०–७० गीत रेकर्ड हुन्छन् । कहिले योभन्दा बढी पनि हुन्छन् । पछिल्लो समय अलि बढी चाप छ ।

भनेपछि अहिले गीत संगीतको बजार फराकिलो भएको हो ?
वास्तवमै हो । विगतमा यो क्षेत्र जति साँघुरो घेरामा थियो, अहिले त्यस्तो छैन । हामी यो क्षेत्रमा प्रवेश गर्दै गर्दा चक्का नै संगीतकर्मीको आम्दानीको स्रोत मानिन्थ्यो । विस्तारै सीआरबीटी हुँदा अहिले यूट्यूवले सांगीतिक क्षेत्रलाई फराकिलो बनाएको छ । त्यसबाहेक यो क्षेत्र एउटा उद्योगकै रुपमा विकसित भएको छ ।

कुनै पनि क्षेत्रको विकाससँगै विकृति पनि पैदा हुन्छ, सांगीतिक क्षेत्रमा पनि विकृति छ भनिन्छ, के होला त्यो विकृति ?
अस्वस्थ प्रतिष्पर्धा प्रमुख विकृति हो । त्यसबाहेक यहाँ पैसा हुनेले जे गरेपनि हुन्छ भन्ने प्रवृत्ति हाबी भएको छ । जसका कारण नवप्रवेशी हतोत्साहित हुने गरेका छन् । बेजोड क्षमता भएका कलाकार पनि छायाँमा परेका छन् । यो क्षेत्रले पर्याप्त ऐन कानून पाएको छैन । कलाकारका समस्या सुन्ने संघसंस्था र निकायका काम प्रभावकारी बन्न सकेको छैन । यी कुरा सांगीतिक क्षेत्रका विकृति, समस्या र चुनौती हुन् ।

संगीतकर्मीलाई प्रोत्साहन गर्न भन्दै आयोजना गरिने अवार्डलाई यहाँले कसरी लिनुहुन्छ ?
अवार्ड भनेको संगीतकर्मीलाई प्रोत्साहन गर्ने महत्वपूर्ण साध्य हो । तर, यसलाई कृपावादी र नातावादी लिकबाट बाहिर निकाल्नुपर्छ । सच्चा र क्षमतावान कलाकारले अवार्ड पाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित