रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, चार घाइते

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ मुख्य खबर, समाचार
Accident

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित हरिहर मन्दिर चोकमा आज साँझ बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको बा३ख २३५४ नंको बसले रत्ननगर– १ का ७४ वर्षीय रेशमबहादुर कार्कीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई भरतपुर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बसको ठक्करबाट अन्य चार जना पैदलयात्रीसमेत घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले जनकारी दिए।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित