रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

बंगलादेशका मन्त्रीले आँशु झार्दै भेटे प्रधानमन्त्री ओलीलाई

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ मुख्य खबर, समाचार
Bangladeshi-Information-Minister-Hasanul-Haq-Inu-calls-on-Prime-Minister-KP-Sharma-Oli-tapaikokhabar

प्रधानमन्त्री केपी ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहजान कमालले  बुधबार शिष्टाचार भेट गरेका छन्  ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटमा बंगलादेशका मन्त्री कमालले विमान दुर्घटना सम्झदै अाँशु झारे ।  भेटमा प्रधानमन्त्री अाेलीले सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको समेत बताएका छन्   ।

मन्त्री कमालसँगकाे भेटमा प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा  ज्यान गुमाएकाहरूका अाफन्तप्रति  हार्दिक समवेदना र सहानुभूति  प्रकट गरेको  प्रधानमन्त्रीका प्रेस संयाेजक चेतन अधिकारीले जानकारी गराएका छन् ।

मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए।

दुर्घटनालगत्तै  सरकारले उद्धार कार्यमा देखाएको तदारुकताका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित