Nepal Mediciti Hospital Ad

संघीय नेपालको पहिलो उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गते

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Flash News, मुख्य खबर
Nirwachan Aayog Nepal-Tapaiko khabar

संघीय नेपालको पहिलो उपराष्ट्रपतिको निर्वाचन चैत्र ९ गते हुने भएको छ ।

बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले उपराष्ट्रपतिको चुनाव चैत ९ गते गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएकाछन् ।

आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित