रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

कांग्रेस नेता पौडेलको चेतावनी, ‘जुलुस लिएर कान्तिपुर आउनु पर्ला’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Flash News, मुख्य खबर, समाचार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रधानमन्त्री केपी ओलीले पराजुलीलाई राजीनामा दिन सुझाव दिइरहेका र महाअभियोग लगाउने चर्चा चलिरहेको बेला महाअभियोग लगाउन नहुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।

यसअघि तत्कालीन प्रधानान्यायधीश सुशीला कार्की विरुद्ध महाअभियोग लगाउने पार्टीको निर्णयसंग समेत आफू असहमत रहेको बताउँदै पौडेलले भने,‘दुई तिहाई बढीको समर्थन खोजेको यसैको लागि हो? यसरी नै संवैधानिक अंगका पदाधिकारी माथि महाअभियोग लगाउँदै जाने हो भने मुलुकमा कम्यूनिष्ट सर्वसत्ताबाद आउँछ, तपाईंहरु सचेत रहनु होला।’

कांग्रेसले बुधबार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुका लागि संसदीय अभ्यास र मुलुकको आर्थिक तथा परराष्ट्र नीतिसम्वन्धी आयोजित प्रशिक्षण कार्यक्रममा पौडलले त्यस्तो धारणा राखेका हुन्।

उनको धारणापछि कान्तिपुरको जिज्ञासामा पौडेलले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर सबै संवैधानिक अंगका पदाधिकारीलाई आतंकित बनाउने खेल भइरहेको भन्दै त्यसलाई बचाउनु पर्ने बताए।

‘यो एउटा मुद्दा या व्यक्ति विशेषको कुरा होइन, यसअघि पनि सर्वोच्चका तीन जना न्यायधीशबिरुद्ध महाअभियोग लगाउने प्रयास भएको थियो। अहिले फेरि चर्चा चलाइँदै छ,’ उनले भने,‘पराजुली माथि महाअभियोग आयो भने कम्यूनिष्ट सर्वसत्तावादतर्फ मुलुक जान्छ। त्यतिबेला प्रेसलाई बचाउनका लागि जुलुस लिएर कान्तिपुर आउनु पर्ला।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित