रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

‘बहुजन्ममितिधारी’ पराजुलीलाई ओलीको कटाक्ष, ‘एउटा मान्छे कति पटक जन्मन्छ ?’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर
KP-Sharma-Oli-Jhalanath_tapaikokhabar

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायधिश गोपाल पराजुलीको जन्ममितिको बारेमा विवाद हुनु निकै दुखद र लाजमर्दाे विषय भएको बताएकाछन् ।

बुधबार बालुवाटारमा जारी एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई संबोधन गर्दै ओलीले पराजुलीको जन्ममिति फरक फरक भएको सत्यताप्रति असन्तुष्टी व्यक्त गरे । प्रधानमन्त्री ओलीले प्रधानन्यायधिश जस्तो उच्च पदमा पुगेको व्यक्तिको जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु लाजमर्दाे कुरा भएको बताएका हुन् ।

ठूला मान्छेको जन्ममितिबारे कुरा नगरौँ भने पनि गर्नै पर्छ । इजलास प्रभावित भएको छ । ठूला मान्छेकै जन्ममितिको ठेगान छैन, दुई तीनवटा जन्ममिति हुनु विडम्बना हो । ओलीले भने ।

प्रधानन्यायाधिश पराजुलीलाई संकेत गर्दै ओलीले भने, “एउटा मान्छेको तीन चारवटा जन्ममितिको सर्टिफिकेट कसरी हुन्छ ? एउटा मान्छे एकपटक जन्मिन्छ, सबैखाले सर्टिफिकेट एउटै हुनुपर्छ ।”

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित