सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

सरकारलाई पौडलको गम्भीर प्रश्न, ‘किन मागियो दुई तिहाइ ?’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमाथी गम्भीर प्रश्न उठाएका छन् । पौडेलले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।

‘सुविधाजनक मत हुँदाहुँदै किन दुई तिहाइ मागियो रु यसलाई गम्भीर रूपमा लिएका छौं’ उनले भने । पौडेलले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिको भूमिकाको पनि आलोचना गरे ।

पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षी को भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ’ पौडेलले भने ।

‘राष्ट्रियसभा भन्दा पहिले किन सरकार गठन गरियो ? निर्वाचन आयोगले त पहिले राष्ट्रिय सभा भनेकै थियो’ उनले भने ‘तर, राष्ट्रपतिले रोकेर सरकार गठन गरी राष्ट्रिय सभालाई पछि पूर्ण ता दिइयो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित