बागलुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु | यस वर्षको दशैँको साइत सार्वजनिक | विस्फोटनमा परी अफगानिस्तानमा आठ बालबालिका मारिए | बढ्दै गएको महिला हिंसाको विरोधमा भोलिबाट देशभर आन्दोलन गर्ने | जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित | जनताको विश्वास र भरोसामा तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली | सरकारलाई पूर्वमहामन्त्री सिंहको सुझाव, ‘जनताका निम्ति परिणाममुखी काम गर्नुप-यो’ | अमेरिकामा गोली हानी एक नेपालीसहित तीनको हत्या, एक नेपाली घाइते | नेपालमा अश्लील सामग्री तथा पोर्न साइट बन्द गरिँदै | दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते
Nepal Mediciti Hospital Ad

‘नेपाल्स मेघा सिनेस्टार’अन्तर्राष्ट्रियस्तरको बन्दै

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ मनोरञ्जन, समाचार
senestar_tapaikokhabar.jpg,,,,,,,

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको अअभिनय सम्बन्धि रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ । यसबारेमा आयोजकले सोमवार काठमाडौंको मल्ल होटलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सोहि कार्यक्रमको जज हरु पनि फाइनल भैसकेको जानकारी आएको छ|

ओ मेगा इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा हुन लागेको ‘मेघा सिनेस्टार’ एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले जानकारी दिए ।

उनले भने, ‘विजेतालाई तोकिएको राशीसँगै एक फिल्ममा अभिनय गर्ने सूवर्ण अवसर पनि प्रदान गर्ने छौं । गाउँ-गाउँमा रहेका प्रतिभालाई संसारभर चिनाउनका लागि हामीले ‘नेपाल्स मेघा सिनेस्टार’ सुरु गर्न लागेका हौं ।’

आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ । बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुनेछ ।उक्त रियालिटी शोमा मुख्य निर्णायकको रुपमा निर्देशकद्वय निश्चल बस्नेत, शोभित बस्नेत र मिस नेपाल ९सन् २००२० माल्भिका सुब्बा रहेका छन् ।

निर्देशक निश्चल भन्छन्, ‘राम्रो प्रतिभालाई छान्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यो जिम्मेवारीलाई हामी न्यायपूर्वक निर्वाहा गर्नेछौं ।’ उनले ‘नेपाल्स मेघा सिनेस्टार’ बाट नेपाली फिल्म क्षेत्रले प्रतिभावान कलाकार पाउनेमा विश्वस्त रहेको बताए ।

शोको होस्ट गायक सन्तोष लामाले गर्नेछन् । प्री अडिसनमा करिब २० हजार सहभागी हुने अनुमान आयोजकको छ । उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित