रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

स्टिफन हकिङले दुवै बिहे डिभोर्समा टुंगाए

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ अन्तर्राष्ट्रिय, मुख्य खबर, समाचार
hawking_tapaikokhabar

असाधारण क्षमताका धनी प्रख्यात बैज्ञानिक स्टिफन हकिङ अब रहेनन् । ७६ वर्षको उमेरमा उनको मंगलबार निधन भएको छ ।

हकिङको जन्म ८ जनवरी, १९४२ मा भएको थियो, जुन दिन ग्यालिलियोको मृत्युको ३०० औं वार्षिकी थियो ।उनको निकनेम ‘आइन्सटाइन’ थियो । हकिङ २१ वर्षका थिए, छुट्टी मनाउन घर आउँदा एक दिन उनी सिँढी ओर्लनले क्रममा उनी बेहोस भएका थिए । डाक्टरकहाँ लगिँदा उनलाई कमजोरी भएको बताइएको थियो ।

तर, मोटर न्यूरोन नामक आनशुवंशीक रोग लागेको पत्ता लाग्यो । त्यतिबेला डाक्टरहरुले उनी दुई वर्ष मात्र बाँच्न सक्ने बताएका थिए । यस रोग लागेको मानिसहरुको विस्तारै सबै अंगले काम गर्न छोड्ने र श्वास नली पनि बन्द हुने बताइएको थियो । तर, आश्चर्यजनकरुपमा उनी ७६ वर्ष बाँचे ।

उनले दुईपटक विवाह गरे र दुवै बिहे डिभोर्समा टुंगिएका थिए । दुई श्रीमतीबाट उनका तीन बच्चा भएका छन् ।

हकिङ किताब पढ्न र लेख्न एकदमै मन पराउँथे । सन् १९९८ मा प्रकाशित भएको उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले संसारभर तहल्का मच्चाएको थियो । यो किताबमा उनले ब्रम्हान्ड विज्ञानका कठिन विषयहरु, जस्तै महाविस्फोटको सिद्धान्त (बिग ब्याङ थ्यौरी) र ब्ल्याक होललाई यति सरल तरिकाले बुझाएका छन् कि साधारण पाठकहरुले पनि सजिलै बुझ्न सक्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित