रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

ओखलढुंगामा जिप दुर्घटना, चालकको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ मुख्य खबर, समाचार
Jeep accdent-tapaikokhabar

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-११ मा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट कुखुराको चल्ला लिएर सोलुखुम्बु जाँदै गरेको को २ च १३४९ नम्बरको जिप सदरमुकामको रमाइलोडाँडा नजिकै दुर्घटना हुँदा चालक शिवकुमार भुजेलको मृत्यु भएको हो । २१ वर्षीय भुजेल सिद्धिचरण नगरपालिका १ तलुवाका बासिन्दा हुन् ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ७ टोक्सेल घर भएका १९ वर्षका सहचालक अर्जुन गौतम घाइते भएका छन् । गौतमको ओखलढुंगा सामुदायिक अस्पताल उपचार भइरहेको प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित