बागलुङमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु | यस वर्षको दशैँको साइत सार्वजनिक | विस्फोटनमा परी अफगानिस्तानमा आठ बालबालिका मारिए | बढ्दै गएको महिला हिंसाको विरोधमा भोलिबाट देशभर आन्दोलन गर्ने | जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर बढी कर लगाउनुपर्छ : मन्त्री पण्डित | जनताको विश्वास र भरोसामा तलमाथि हुन दिइने छैन : प्रधानमन्त्री ओली | सरकारलाई पूर्वमहामन्त्री सिंहको सुझाव, ‘जनताका निम्ति परिणाममुखी काम गर्नुप-यो’ | अमेरिकामा गोली हानी एक नेपालीसहित तीनको हत्या, एक नेपाली घाइते | नेपालमा अश्लील सामग्री तथा पोर्न साइट बन्द गरिँदै | दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते
Nepal Mediciti Hospital Ad

विश्वका चर्चित बैज्ञानिक स्टिफन हकिङ्ग रहेनन्

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर
hawking_tapaikokhabar

विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथी केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

हकिङ्गले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित