रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Flash News, मुख्य खबर, समाचार
pakrau-tapaikokhabar

महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन्  ।

सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए । त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पीडितबाट उजुरी परेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित