सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

ओलीसँगै जेल बसेका गणेश बने राष्ट्रियसभा अध्यक्ष (ब्याकग्राउण्डसहित)

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७४ Big News, Flash News, मुख्य खबर
ganesh-prasda-timilsina_tapaikokhabar

संघीय संसदको स्थायी सदन राष्ट्रियसभाले नेतृत्व पाएको छ । एमालेका गणेश तिमल्सीनालाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो । यही फागुन २८ गते उनले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । तर, राष्ट्रियसभाको अध्यक्षमा तिमल्सिनाबाहेक अरु कसैको उम्मेदवारी नपरेका कारण उनी निर्विरोध भएका हुन् । त्यसको औपचारिक घोषणा बुधबार गरिएको हो ।

यस्तो छ, गणेश तिमल्सीनाको ‘ब्याकग्राउण्ड’

तिमल्सीना अहिले नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पनि हुन् । यो स्थान हासिल गर्न उनले लामै राजनीतिक संघर्ष गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीमा जन्मिएका तिमिल्सीनाले एसएलसीसम्म गाउँमै पढे ।

पोखराको पृथ्वीनारायण क्याम्समा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै गर्दा २०३६ सालबाट उनी राजनीतिमा होमिएका थिए । उनी २०३६ सालमा नेकपा माले रेडगार्डको सचिव भएका थिए । ०३७ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा चुनिएका तिमिल्सिनाले २०४० सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरे ।

उनी २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र २०४२ सालमा अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भए । तत्कालीन सरकार विरुद्ध विद्रोहको उदघोष गर्दै २०४२ सालको बम काण्डपछि तिमिल्सिनाले ४ बर्ष जेल जीवन विताए । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार ४ बर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।

त्यसक्रममा तिमल्सिना अहिलका प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक वर्ष जेल बसेका थिए । यस्तै कम्युनिष्ट नेता हितकाजी गुरुङसँग पनि उनी जेल बसे । २०४६ सालमा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उनी पुनः पञ्चहरुको निशानामा परे । तत्कालीन सरकारले उनको टाउकोको मुल्य ५० हजार रुपैयाँ तोकेको थियो ।
अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी भएका उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । दोस्रो वैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बनेका तिमल्सीना केन्द्रीय सदस्य बन्दा वर्तमान सरकारका प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष थिए । २०४७ सालमा नेकपा माले मुस्ताङ्गको सचिव, ०४८ मा नेकपा एमाले बागलुङ्गको सचिव, २०५४ सालमा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटौ महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।

२०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौँ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित तिमिल्सिना पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वत जिल्लाको पूर्व जिविस सभापति पनि हुन् । काठमाण्डौंमा भएको नवौ महाधिवेशन पछि पुनः केन्द्रीय सदस्य हुँदै उनी एमालेको पोलिटब्यूरो सदस्य बनेका हुन् ।

पार्टीले दिएका जिम्मेवारी कुशलतापूर्ण निभाएका तिमल्सीनाले संघीय संसदको स्थायी सदनका रुपमा रहेको राष्ट्रिय सभाको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । उक्त पदमा रहेर उनले गर्ने काम देश र जनताको पक्षमा हुन्छ भन्नेमा उनको विगत जानेका धेरै मानिस विश्वस्त छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित