Nepal Mediciti Hospital Ad

मृतक पहिचान गर्न निकै कठीन, आफन्तले शव बुझ्न अझै ५ दिन कुर्नुपर्ने

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Flash News, मुख्य खबर, समाचार

एयर बंगला दूर्घटनामा मृत्यू भएका अधिकांश यात्रुहरुको शरीर जलेकाले शव पहिचानमा कठिनाइ भएको छ । पोष्टमार्टममै अझै ५ दिन लाग्ने भएपछि मृतकका आफन्तले शव बुझ्न भन्डै एक हप्ता कुर्नुपर्ने भएको छ ।

सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको एयर बंगलामा ज्यान गुमाएका आफन्तको शव लिन ४१ जना बंगलादेशी  नागरिक मंगलबार नेपाल आइपुगे । पराई मुलुकमा आफन्तले ज्यान गुमाएको पीडालाइ सम्हाल्दै उनीहरु बंगलादेशी दूतावासको सहयोगमा त्रिवि शिक्षण अस्पताल पुगे । तर, अस्पतालको प्रक्रिया पुर्याएर शव लिन हप्तौँ लाग्ने भएपछि उनीहरुको पीडामा निरासा समेत थपिएको छ ।

यता, दुर्घटनाको समाचार पाएदेखि नै अस्पताल परिसरमा आफन्तको शवको पर्खाइमा बसेका नेपाली मृतकका आफन्तको पर्खाइको ब्यग्रता पनि सहिनसक्नु नै छ ।

त्रिबि शिक्षण अस्पतालले अधिकांश मृतकहरुको शरीरका विभिन्न भाग जलेकाले शव पहिचानमा कठिनाइ भइरहेको र पोष्टमार्टमकै लागि झै ४-५ दिन लाग्ने जनाएको छ । अहिलेसम्म जम्मा ११ वटा शवको पोष्टमार्टम गरिएको छ । पोस्टमार्टम गरिएका शव कुन देशका नागरिक हुन् भन्नेबारे पहिचान खुल्न सकेको छैन ।

पोष्मार्टमपछि एन्टिमोटम अर्थात् औँठाछाप, मृतकको शारीरका विभिन्न भागहरुको संकेत र गहनाका आधारमा पहिचान गरिनेछ । एन्टिमोटमबाट पहिचान नभएका शवको भने डीएनए परिक्षण गरिनेछ । डीएनए परिक्षणबाट पहिचान गर्नु परेको खण्डमा थप समय लाग्नेछ ।

विमान दूर्घटनामा मृत्यू भएका नेपाल, बंगलादेश, माल्दीभ्स र चीनका गरी ४९ जना नागरिकको शव अहिले शिक्षण अस्पतालमा पहिचानका लागि राखिएको छ । सबै मृतकको पहिचान खुलेपछि मात्रै आफन्तलाइ शव जिम्मा लगाउने अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित