Nepal Mediciti Hospital Ad

झापाका सुनचाँदी व्यवसायी, जो आफ्नै साथीबाट मारिए

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ मुख्य खबर, समाचार
sajan-hatya-JHAPA-TAPAIKOKHABAR

झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या उनकै साथीले गरेको खुलासा भएको छ ।

बिर्तामोडस्थित देवा ज्वेलर्सका सञ्चालक मुखियाको हत्या उनकै साथी ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले गरेको खुलेको हो । झापा प्रहरीले आज पत्रकार सम्मेलन गरी ३९ वर्षीय देवसहित तीनजनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा त्रिवेणी टोलका १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा ८ घर भई बिर्तामोड – ३ शैनिक मोड बस्दै आएका २३ वर्षीय चिरञ्जीवी ओली पनि छन् । पक्राउ परेका ओली ऋद्धिशिद्धि ज्वेलर्समा ‘वाउन्सर’को रुपमा कार्यरत रहेको बताइएको छ । गत फागुन २० गते श्रीमतीलाई बजार पुमार्केट पुगेर आउँछु भन्दै हिडेका मुखिया ९ दिनपछि मृत अवस्थामा फेला परेका थिए ।

यता सुन व्यवसायीको हत्याको विरोधमा आज विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोड बजार बन्द गराएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित