रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

यो हो विद्या भण्डारीको वास्तविक ‘ब्याकग्राउण्ड’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Big News, Flash News, मुख्य खबर, समाचार
President Bidya Devi Bhandari -tapaikokhabar

विक्रम संवत २०३५ सालबाट राजनीतिक यात्रा सुरु गरेकी विद्यादेवी भण्डारी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी छन् ।

पहिलो महिला राष्ट्रपति बनेर इतिहास बनाएकी भण्डारीले दोहोरिएर अर्को ‘रेकर्ड’ राखेकी छन् । २०१८ सालमा भोजपुरको मानेभञ्ज्याङमा जन्मिएकी उनको राजनीतिक व्याकग्राउण्ड पनि फराकिलो नै छ ।  भण्डारीको बाल्ययाल भोजपुरमै बित्यो ।

भोजपुरको बेहोरेश्वर प्राथमिक विद्यालयबाट औपचारीक शिक्षा सुरु गरेकी उनले माध्यामिक शिक्षा पनि भोजपुरकै विद्योदय व्यवसायिक सेकेन्डरी स्कुलबाट प्राप्त गरिन् । भोजपुर क्याम्पसबाट उच्च शिक्षा सुरु गरेकी उनले महेन्द्र बिराटनगरको मोरङ कलेजबाट बिए उतर्ण गरिन् ।

उनले विक्रम संवत २०३५ सालबाट तत्कालिन नेकपा माले सम्बद्ध युवा लिगमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

–२०३५ सालमा तत्कालिन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित

–२०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुरबाट प्रतिनिधी

–२०३७ सालमा तत्कालिन नेकपा (माले) को सदस्यता प्राप्त

–२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य

–२०३९ देखि २०४० सम्म महेन्द्र मोरङ क्याम्पसको स्ववियू कोषाध्यक्ष

–२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला विभाग प्रमुख

–२०५४ सालमा नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित

–२०५४ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित

–२०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री

–२०५६ सालमा काठमाडौं–२ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित

–२०५९ सालमा नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित

–२०६४ सालमा नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित

–२०६७ देखी २०६९ सम्म रक्षामन्त्री

–२०७१ सालमा नेकपा (एमाले) को नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित

–२०७२ साल कात्तिक ११ गते नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित

–२०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

प्रतिकृया दिनुहोस्

सम्बन्धित