रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

ओली सरकारले विकासमा कायापलट गर्छ : भाजपा नेता जोली

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर, समाचार
BJP_Joli_Tapaikokhabar

भारतीय जनता पार्टी भाजपका नेता विजयी जोलीले नेपालको विकासको लागि केपी शर्मा ओली नेतृत्वको सरकारले कायापलट फेर्ने बताएकाछन् ।

साथै उनले नेपालको विकासको लागि भारत सरकार सहयोग गर्न तत्पर रहेको कुरा समेत बताएकाछन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने, ‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहने रहन्छ ।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।

काठमाडौंमा व्यापक प्रदुषण रहेको बताउँदै जोलीले यसलाई अब समाधान गर्न नयाँ सरकार सजग हुनुपर्ने बताए । नेपाल(भारतबीचको प्रवुद्ध व्यक्ति समूहले द्विपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्न साथर्क रुपमा काम गर्ने पनि विश्वास व्यक्त गरे ।

त्यस्तै उनले नेपालमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरुलाई बैंकिङ च्यानलमार्फत आफूले आर्जन गरेको पैसा पठाउन सहज वातावरण बनाउन पनि नेपाल सरकारलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित