Nepal Mediciti Hospital Ad

उदित नारायणका छोरा आदित्य प्रहरीको फन्दामा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ फिल्म-संगीत, समाचार
03-Udit-Aditya_tapaiko khabar.

बिस्व चर्चित मानिएका चर्चित गायक उदित नारायण झाका छोरा एवं गायक तथा नायक आदित्य नारायण झा प्रक्राउ परेका छन् । मुम्बईमा उनले चलाएको मर्सडिजले अटो रिक्सालाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । घटनालगत्तै आदित्य प्रक्राउ परेका थिए भने लगत्तै उनलाई घारैटीमा छाडिएको छ ।

आदित्यले ट्राफिक नियम पालना नगरेको भन्दै उनीबिरुद्ध मुद्धा दायर पनि गरिएको छ । उनको कारको ठक्करबाट चालक आईसियुमा रहेको स्रोतले बताएको छ।

प्रहरीका अनुसार आदित्यले स्पिडको कार चलाएको बताईएको छ । सापित फिल्मबाट डेब्यु गरेका आदित्यको पछिल्ला दिनहरुमा भईरहेको रवैयाको कारण उनी बिवादमा पनि आएका थिए ।

उनको यस्तो व्यवहारले उदितलाई समेत असर परिरहेको छ । आदित्यले यसअघि पनि एयरपोर्टमा कर्मचरीहरुसंग अभ«द व्यवहार गर्दे धम्की दिएका थिए । जसको कारण पनि उनी निकै आलोचित बन्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित