Nepal Mediciti Hospital Ad

सलमान खान नेपाल आउने मिती तय

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ फिल्म-संगीत, मनोरञ्जन
Salman-Khan-tapaikokhabar

बलिउड स्टार सलमान खानको नेपाल कन्सर्टकेहि समय देखी चर्चाको शिखर चुमेको छ। फागुन २६ मा टुँडिखेलमा हुने भनिएको उक्त कार्यक्रम करिब करिब अन्तिम समयमा आएर स्थगित भएको थियो ।तर अहिले भने फाइनल मिति तय भएको छ|

विप्लपका समुहले प्रतिव्यक्ति २० हजार रुपियाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाएको , सलमानले ‘विनाशकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगरेको र रक्सीको प्रचार भएको भन्दै कार्यक्रम रोक्न धम्की दिएको थियो ।

उक्त धम्कीपछि आयोजक ओडिसीले सुरक्षाको कारण देखाउँदै कार्यक्रम तत्कालका लागि स्थगित गरेको थियो । तर सलमानको उक्त कार्यक्रम बैसाखमा हुन सक्ने चर्चा थियो तर अब सलमान मेई ५ मा आउँने भएका छन् ।

कार्यक्रममा सलमानसंगै सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मिट ब्रदर्स, मनिष पल समेत नेपाल आउँने छन् ।बलिउड हस्तीसंगै नेपाली कलाकारहरुले पनि आफनो प्रस्तुती दिनेछन् । माला लिम्बु , सुस्मा कार्की , राजेश पायल राई र बिजय लामाले आफनो प्रस्तुती दिने भएका दिनेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित