सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

मृतकका शव आफन्तलाई बुझाउँन सुरु, पोस्टमार्टम सक्न कम्तिमा ४ दिन लाग्ने

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Big News, Flash News, मुख्य खबर

सोमबार भएको विमान दुर्घटनाका मृतकको शव त्रिवि शिक्षण अस्पतालले आफन्तलाई बुझाउन सुरु गरेको छ। सोमबार राति तीनजनाको पोस्टमार्टम गरिएको अस्पतालले जनाएको छ।

सोमबार दिउसो भएको युएस बङ्ला विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाले ज्यान गुमाएका छन्।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका अनुसार सबै पोस्टमार्टम गर्न कम्तिमा चार दिन लाग्ने छ। अहिले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागअगाडि मृतकका आफन्तको रुवाबासी छ। विमानमा आगो लाग्दा जलेका शवको पहिचानमा समेत समस्या भएको वस्तीले जानकारी दिए।

विमानमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए। तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २२ जना मध्ये काठमाडौं मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ। ग्रान्डी अस्पतालमा चारजना, नर्भिक अस्पतालमा ५ जना तथा मेडिसिटी, ओम र न्युरो अस्पतालमा एकरएकजनाको उपचार भइरहेको छ। उपचार भइरहेका मध्ये १० नेपाली नगारिक हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित