रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

यी हुन् ‘नेपाल आईडल सिजन २’ का होस्ट

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ फिल्म-संगीत, मनोरञ्जन
nepal_Idol_Ghost_Tapaikokhabar

नेपालमा पछिल्लो समयमा एकदमै चर्चामा आएको रियालिटी शो “नेपाल आईडल” को दोस्रो संस्करणको पनि तयारी सुरु भईसकेको छ । एपिवान टेलिभिजन बाट प्रसारण हुने दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् ।

“नेपाल आईडल २” को होस्ट यसअघिकी प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय ‘२ रुपैयाँ’ बाट चर्चामा आएका नायक आशिफ शाहले होस्ट गर्ने भएका हुन् ।

‘नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशिल नेपाल अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा ब्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् । ६ महिनाको लागि अनुबन्धित भएका उनले राम्रै पारिश्रृमिक लिएको पनि चर्चा छ ।

आशिफ यतिबेला डामाडोल चलचित्रको स्क्रिप्ट लेखन कार्यमा व्यस्त रहेका छन् । “नेपाल आईडल २” को अडिसन भने चैत्र ६ गते भैरहवा ,चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौँडा, बैशाख ८ गते धरान र बैशाख १४ गते पोखरामा हुनेछ ।

उता प्रस्तोताहरु फाईनल भएपनि “नेपाल आईडल २” का जजहरुको बारेमा भने केही खुलाईएको छैन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित