Nepal Mediciti Hospital Ad

सान्जेन र रसुवागढी हाइड्रोको आइपीओमा सञ्चयकर्ताको ओहिरो

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ अर्थ, आर्थिक खबर
rasuwagadi

सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले जारी गरेको आइपीओमा सोमबारसम्म २ लाख ४५ हजार जना सञ्चयकर्ताले आवेदन दिएका छन् । सान्जेन जलविद्युत कम्पनीमा १ लाख ४० हजार जनाले आवेदन दिएका छन् भने रसुवागढी हाइड्रोपावरको आइपीओमा १ लाख ५ हजार जना सञ्चयकर्ताले सेयर भरेका बिक्री प्रबन्धकहरुले जानकारी गराएका छन् ।

सान्जेनमा सोमबारसम्म १ लाख ४० हजार जना आवेदकबाट १ अर्ब ९५ करोड रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । नागरिक लागानी कोषका सूचना अधिकारी उद्वव सिलवालका अनुसार सोमाबरसम्म २ अर्ब ९५ करोड रुपैयाँ बढीको आवेदन परेको हो । सान्जेनले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ५ सय कित्ता आइपीओ खुला गरेको हो ।

सान्जेनले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चय कर्ताका लागि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गर्नेछ । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ३०० कित्तासम्म आवेदन दिनसक्ने छन् ।

यस्तै, रसुवागढीमा सान्जेनको भन्दा धेरै रकमको आवेदन परेको छ । रसुवागढीमा १ लाख ५ हजार आवेदकले ४ अर्ब ८ करोड ५० लाख रुपैयाँको सेयर भरेका बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटलका मर्चेन्ट बैंकिङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित