Nepal Mediciti Hospital Ad

गुड्दा गुड्दैको कार पल्टियो, तीनजनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २९, २०७४ Flash News, मुख्य खबर, समाचार
accident_Tapaikokhabar

चितवनको चुम्लिङ्टारमा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अरु तीनजना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा राति साढे २ बजेतिर बा १२ च ४६१५ नम्बरको कार अनियन्त्रित भएर बाटो छेउका नालीमा पल्टिएको हो । दुर्घटनामा कारमा रहेका धादिङको जुँगेखोलाका २३ वर्षे सरोज सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कार चालकसहित तीनजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित