हङकङले नेपाललाई दियो १५४ रनको लक्ष्य

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ Big News, Flash News, खेलकुद, मुख्य खबर
ICC CRECKET-tapaikokhabar

आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेल टस जितेर ब्याटिङ गरेको हङकङले नेपाललाई १५४ रनको चुनौति पेश गरेको छ ।

हङकङले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको हो । हङकङका लागि निजकट खानलले ४७ बनाए । त्यस्तै, इशान खानले २५, कप्तान बाबर हायतले २०, इशान नवाजले १४ र  तानविर अजवलले १० रन बनाए । हङकङका अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

जिम्बावेको बुलावायो एथ्लेटिक क्लबको मैदानमा टस हारेर बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका लिए । त्यस्तै,  बसन्त रेग्मी र करण केसीले समान २–२ विकेट लिए । सोमपाल कामी र ललितले समान १–१ विकेट लिन सफल भए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित