Nepal Mediciti Hospital Ad

विश्वकप छनोट: हङकङबिरुद्ध पहिले बलिङमा नेपाल

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ Big News, खेलकुद, मुख्य खबर, समाचार
nepali_tapaikokhabar

जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

हङकङले टस जितेर पहिले ब्‍याटिङमा जाने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको छ । प्रतियोगिताको १९ खेलका क्रममा नेपालले नेपालले सुपर सिक्स चरणमा पुगेर विश्वकपममा स्थान बनाउन हङकङलाई ठुलो अन्तरले हराउनुपर्ने बाध्यता छ ।

समूहगत चरणका अघिल्ला तीन खेलमा नेपालले लगातार हार खेपेको छ । हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ।

जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालले पहिलो तीन खेल हारिसकेको छ । जिम्बावे र स्कटल्यान्डसँग पराजित हङकङले अफगानिस्तानलाई भने ३० रनले पराजित गरेको थियो । त्यही विजयले हङकङलाई सुपर सिक्समा पुग्ने सम्भावनालाई ब्युँत्याएको थियो । हङकङको टेस्ट मान्यता प्राप्त राष्ट्रसँग त्यो पहिलो जित थियो । नेपाल भने शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

नेपाल हङकङसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पराजित भएको थियो । अक्टोबरमा हङकङमा भएको पहिलो खेलमा घरेलु टोली ११९–७ को स्थितिमा पुगिसकेको थियो । पछि १ सय ९४ रन बनाएको हङकङले नेपाललाई १ सय ११ रनमा अलआउट गर्दै खेल ८३ रनले जितेको थियो । २०१४ को विश्वकप छनोटमा नेपाललाई हङकङले १० विकेटले पराजित गरेको थियो, जुन नेपालको अहिलेसम्मकै लज्जास्पद पराजयमा पर्छ । पछिल्लो विश्वकप छनोट र च्याम्पियनसिपका बीचका एसीसी प्रिमियर लिग र इमर्जिङ टिम्स कपका दुई खेलमा नेपालले हङकङमाथि जित हात पारेको थियो । यसै प्रतियोगिताको विश्वकप छनोटमा नेपाल र हङकङबीचको अभ्यास खेल वर्षाले एक बल पनि नफाली रद्द भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित