Nepal Mediciti Hospital Ad

बुढिगण्डकी आयोजनाको अनुमतिपत्र खारेज

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ अर्थ, आर्थिक खबर

बुढिगण्डकी आयोजनाको अनुमतिपत्र खारेज आायोजनाको अनुमतिपत्र उर्जा मन्त्रालयले खारेज गरेको छ । ऊर्जा मन्त्रालयले पटकपटक ताकेदा गर्दा पनि प्रवद्र्धकले आवश्यक प्रक्रिया पूरा गर्न नसकेपछि १ सय ३० मेगावाटको बूढीगण्डकी ‘क’ र २ सय ६० मेगावाटको बूढीगण्डकी ‘ख’ को अनुमतिपत्र खारेज गरेको छ ।

ऊर्जा मन्त्रालयको सचिवस्तरीय बैठकले यी दुई आयोजनाकाप्रवद्र्धक भारतीय कम्पनीलाई दिइएको अनुमतिपत्र खारेज गरेको जानकारी विद्युत् विकास विभागले दिएको छ ।

कम्पनीले २०७० असारमा उत्पादन अनुमति (जेनेरेसन लाइसेन्स) का लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । आवश्यक प्रक्रिया पूरा गर्न पटकपटक ताकेता गर्दा पनि प्रवद्र्धक कम्पनीले प्रक्रिया पूरा गर्न नसकेपछि अनुमतिपत्र खारेज गरिएको विभागका प्रवक्ता बाबुराज अधिकारीले बताए । उनका अनुसार विभागले प्रवद्र्धक कम्पनीलाई ७ पटकभन्दा बढी पत्र पठाएको थियो । अनुमतिपत्र खारेज भएका यस्ता आयोजना सरकार मातहत आउने उनले बताए । विभागले फागुन ६ मा प्रवद्र्धक कम्पनीलाई पत्र काटेर आवश्यक कागजपत्र पेस गर्न सातदिने अवधि दिएको थियो । उक्त अवधिमा कुनै कागजपत्र पेस नभएको र चित्तबुझदो स्पष्टीकरणसमेत नआएको विभागले जनाएको छ ।

कम्पनीले बूढीगण्डकी ‘क’ र ‘ख’ बाट उत्पादित कुल ३ सय ९० मेगावाट बिजुली भारत लगेर बिक्री गर्ने योजनासहित आयोजना निर्माणको अनुमति लिएको थियो । आयोजनास्थल गोरखाबाट नजिक पर्ने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनबाट भारतमा बिजुली बिक्री गर्ने योजना कम्पनीले बनाए पनि यो प्रसारण लाइनको काम सुरु नै भएको छैन ।

ऊर्जा मन्त्रालयले ३ सय ५० मेगावाटको दूधकोसी ४ जलविद्युत् आयोजनाको अनुमतिपत्र पनि खारेज गरेको छ । आयोजनाको प्रवद्र्धक रहेको भारतीय कम्पनी केभीआर इन्डिया इन्फ्रा भेन्चरले आवश्यक कागजपत्र पेस नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित