Nepal Mediciti Hospital Ad

बिजुलीमा समृद्ध बन्दै नेपाल, ४ सय ५६ मेगावाट बिजुली थपिँदै

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ अर्थ, आर्थिक खबर

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम ९४ प्रतिशत सम्पन्न भएको छ । उक्त आयोजना सम्पन्न भएसँगै राष्ट्रिय प्रसारण लाइनमा ४ सय ५६ मेगावाट बिजुली थपिनेछ । आयोजनाले आगामी आगामी मंसिर मसान्तसम्म राष्ट्रिय प्रसारणलाइनमा जोडिने गरी काम भइरहेको जनाएको छ ।
६ प्रतिशत मात्र काम बाँकी भएपनि आयोजनाबाट आउदो मंसिर अन्तिमसम्ममा मात्र बिजुली उत्पादन गर्ने प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले जानकारी दिए ।

आउदो असार अन्तिमसम्म आयोजनाको ५ मध्ये १ युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको थियो । मंसिरसम्म आयोजनाको सबै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा विभिन्न कारणले प्रभावित भएको छ । ०७५ सालभित्र माथिल्लो तामाकोसीको काम सम्पन्न हुने देखिएको छ ।

हाल मुहान, बाँध, सुरुङ, प्रसारणलाइन र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल गरी ४ वटै लटको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । हाइड्रोमेकानिकलको कामले पनि अहिले गति लिएको छ । प्रसारणलाइनअन्र्तगत ४ वटा टावरको संरचना निर्माण गर्न बाँकी रहेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युतगृह गौंगरबाट २२० केभी क्षमताको प्रसारणलाइनबाट न्युखिम्ती जोडिने छ ।

आयोजनाको काम ९४ प्रतिशत सकिदा ३६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजना निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित