घरभित्रै बसिरहेका बेला चट्याङले हानेर एकको मृत्यु, दुई घाइते

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ जीवन शैली-यौन जिज्ञासा, मुख्य खबर, समाचार
chatange_tapaikokhabar

मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गएराति चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ६२ वर्षीय धनबहादुर राई गम्भीर घाइते भएका छन् । दुबै जनाको धरानस्थित घोपा क्याम्पमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित