Nepal Mediciti Hospital Ad

आफ्नै फ्यानले खेलाडीलाई मैदानमै गएर कुटेपछि….

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ खेलकुद

विपक्षी टोलीका समर्थकले अर्को टोलीका खेलाडीमाथि आक्रमण गर्नुलाई खासै नौलो मान्न सकिदैन । किनकी, यस्तो घट्ना बेला–बेला भइरहन्छ । तर, खेलाडीलाई आफ्नै फ्यानले मैदानमा उत्रिएर कुटेको घट्नाले भने तहल्का पिटेको छ ।

घट्ना फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलको हो । लिलेका फ्यानले मैदानमा गएर आफ्नो टिमका खेलाडीलाई भकुरेका छन् । यो खेलमा लिले मोन्टेलियरसँग १–१ को बराबरीमा रोकिएको थियो ।

खेलको अन्तिममा लिलेका फ्यान मैदानमा गएर आफ्ना केही खेलाडीलाई किक प्रहार गरेको टिभी फुटेजमा देखिएको छ । फ्रन्चे लिगका अधिकारीले यो घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको जनाएका छन् । पछिल्लो पटक सन् २०११ मा लिग वानको उपाधि जितेको लिले यो सिजन अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । उनीहरुले आक्रमण गर्नुको खास कारण पनि बाहिर आएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित