Nepal Mediciti Hospital Ad

ममका पारखीलाई दुखद खबर, पूरा पढ्नुहोस्

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ शिक्षा-स्वास्थ्य
momo_tapaiko khabar

के तपाई ममको पारखी हुनुहुन्छ ? त्यसो भए ध्यान पुर्याउनुहोस्, यसले तपाईलाई फाइदाभन्दा बढी नोक्सान गर्छ । मम बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको मम दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिजोआज गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मम स्वास्थ्यका लागि हानिकारक हुन्छ । मम होस् वा मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

मम वा मैदाबाट बनेका खानेकुरा खाँदा हुने के हुन्छ ?
१. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।
२. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ ।          यसले मुटु सम्बन्धी रोग लाग्ने गर्छ ।
३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या            निम्त्याउँछ ।
४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग                           प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।
५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा                   शरीरका  हड्डी कमजोर हुन्छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित