सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

गगनलाई छायाँ प्रधानमन्त्री बनाए कसो होला ?

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७४ मुख्य खबर, विचार

विक्रम आदित्य ।। यो मेरो व्यक्तिगत इच्छा हो, गगन थापा छायाँ प्रधानमन्त्री बनुन् । ‘गफाडी’ प्रधानमन्त्री ओलीलाई तर्कले ढाल्न सक्ने नेता गगन नै हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीलाई निकै तर्किला प्रश्न गरे । हुन त, हाम्रा प्रधानमन्त्री निकै चतुर छन् । उनले सहजै दिन सक्ने उत्तर छन् भने सोझै भन्छन्, सकेनन् भने व्यंग्यतिर हाम्फाल्छन् । जे भएपनि केपी ओलीसँग तर्कको सामना शेरबहादुर देउवा न विजय गच्छदार कसैले गर्न सक्दैनन्, शिवाय गगन थापा ।
प्रतिपक्ष बलियो भएका बेला छायाँ सरकार पनि निकै प्रभावकारी हुन्छ । तर, अहिले संसदमा ओली निकै शक्तिशाली बनेका छन् । यस्तो बेला छायाँ सरकार प्रभावहीन पनि हुन सक्छ । त्यसैले यसको नेतृत्व कुशल र सक्षम व्यक्तिले गर्नुपर्छ । कांग्रेसमा कुशल र दक्ष त अरु पनि छन्, तर केपी ओलीलाई मनिटर गर्न सक्ने र नियाल्न सक्ने नेता गगन थापा नै हुन जस्ता लाग्छ ।

गगन थापा, विश्वप्रकाश शर्माजस्ता युवा नेतालाई काम गर्न दिने हो भने नेपाली कांग्रेस शेरबहादुरको पञ्जाबाट उम्कन नसकेपनि अर्को पटक फेरि हार्ने सम्भावनाबाट भने मुक्त हुन सक्छ । छायाँ प्रधानमन्त्रीको नेतृत्व न रामचन्द्रलाई गर्न दिन हुन्छ, न शेरबहादुरलाई । यी दुबै नेता अब तीक्ष्ण रुपले सोच्न सक्दैनन्, बुढो भइसकेका छन् । त्यसैले गगन थापालाई छायाँ प्रधानमन्त्री, विश्वप्रकाश शर्मालाई गृहमन्त्री, धनराज गुरुङलाई रक्षा, प्रदीप पौडेललाई जनसंख्या तथा वातावरण, डा. नारायण खड्कालाई छायाँ अर्थमन्त्री बनाए कांग्रेसको भलो हुन्छ । बाँकी मन्त्रालय र सभामुख, उपसभामुखका कामकार्बाही नियाल्ने पनि सक्षम व्यक्ति राख्न सके कांग्रेस अब पाँच वर्षभित्र चम्किन पनि सक्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित