Nepal Mediciti Hospital Ad

फेरी खच्कियो शेयर बजार, एकै दिन ३१ अंकले घट्यो

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २७, २०७४ अर्थ, आर्थिक खबर

लगातार घटेको शेयर बजारमा गत मंगलबार र बुधबार वृद्धि भएपनि आइतबार पुरानै प्रवृत्तिमा आयो ।
सेयर बजार परिसूचक नेप्से एकै दिन ३१ अंकले घटेको छ । नेप्से परिसूचक १२ सइ ८४ मा आइपुगेको छ ।

मध्यावधि समिक्षामा सरकारबाट सेयर बजारबारे थप केही घोषणा हुन सक्ने अपेक्षामा लगानीकर्ता रहेका थिए । हाल भने अर्थमन्त्रालयले जारी गर्ने श्वेतपत्रको पखाईमा लगानीकर्ता देखिएका छन् ।

बजारमा बढ्दो सेयर आपुर्ति, बैंकहरुमा गहिरिएको तरलता संकट र यससँगै बिकास भएका घटनाक्रमको प्रभाव बजारमा परेको हो । केही बैंकले निक्षेपमा व्याजदर बढाएसँगै कर्जाको व्याजदर पनि बढ्ने आशंका लगानीकर्ताहरुमा छ ।

बजारमा अधिकांश समूहको परिसूचक करिब दुई प्रतिशतदेखि चार प्रतिशतसम्म घटेको छ । हालै मात्र नेप्सेको २१ दिने मुभिङ एभरेज रेखालाई ७ दिने मुभिङ एभरेजले भेटेको भएपनि अहिले पुनः यी दुईबीच दुरी बढेको छ । बजार बढ्ने सम्भावना अहिलेलाई टरेको यसले देखाउछ ।

बजार घटेसँगै लगानी रकम पनि घटेको छ । ३२ करोड रुपैयाँको कारोबार आइतबार भएको हो । कारोबार रकम मध्यम तहमै छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित