सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

‘बोक्सी’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २७, २०७४ विचार
arpan_tapaikokhabar

अरे ,ओल्बा शुद्ध ,बोक्सी डाइना नलागोसभनेर जेनेकेरे , गरह (ग्रह) शान्ती गरेर बालिवाटार बाट क्रान्तिको महाचुट्किला
उद्घोष गर्दैछ्न। यांहा सप्पै माहादेब सप्पैको उतानटाङ !
कस्ले गर्ने कार्बाही ??????कस्लाइ गर्ने कार्बाही???कहिले गर्ने कार्बाही ???
बोक्सि हरु आखिर बोक्सी नै हुन ,डाइना डाइनै हुन अछुत अछुत नै हुन!!! कम्युनिस्ट र माक्सबादि दर्शण बिचको अप्राकृतिक मैथुन बाट बिच्केर फ्यात्त ब्यायका यी तमाम ठेम्मर बामेहरु झन आफुलाइ भोले माहाराज कहलाउदै छ्न यतैकतै ।
धर्मको आदिम ट्याङमुनी लुत्त छिरेर
एक्काइशौ शताब्दिको अशली कार्लमाक्स
आफै स्वयम् हो झै गर्जन्छन ।

दुनियाको नम्बरी अशली कम्युनिस्ट दावा गर्ने हरु ,
अन्धबिस्वासको छानामुनी टाउको मात्र लुकाउने फटाहा हरु को जमात संङ्ग याहा एकाद भौतिकबादी हरुले हार्नै पर्छ!
सांच्चैका माक्सबाद पड्ने हरुले लाजको मुख छोप्नै पर्छ !
र धार्मिक गुरु हरुले शिर निहुर्याउनै पर्छ !
यांहा अझै यस्तै हुन्छ
थुप्रै नारी हरुको निधारमा भोले बाबा एन्ड कम्पनि ब्रान्ड को बोक्सी ट्याग लाग्नै बांकी छ्न ।
थुप्रै दलित हरुले मन्दिरमा कैद गरेको शिर्फ एक पत्थर्लाइ छुन पाउदैनन ,
अशंख्य मानिस हरु दैलो र कुवा भन्दा बाहिरै रहने छ्न अज्जै पनि ।
यो अहिलेको लेटेस्ट ब्रान्ड हो जुन
गाउँ गाउँ को सिहंदरबार सम्म फैलियका छ्न ।
काजी साप र ठालु हरु मौलायका छन समाजमा सत्य र असत्यको आधुनिक बाम दन्ड हातमा लियर । बोक्सिको रमितेमात्र हेर्ने यो समाज देश र जनता झन माहाबोक्सिको अर्को थेर्सिजम रुप हुन ।
हो याहा यस्तै अझै अनेक हुन्छ्न । हुन बांकी नै छ्न ! त्येसैले कहिले काहीँ देश देश जस्तै लाग्दैन मानिस हरु मान्छे जस्तै लाग्दैन ! अंह फिटिक्क लाग्दैन । धर्म अफिम हुन अन्तत्वगत्व यस्ले नशामा लठ्याउने नै हुन । अन्धबिश्वास कुरिती हरु धर्मको छ्त्रछांयामा समाजका पन्डित र काजी हरुले गरिब हरुलाइ हेप्न र शोशन गर्न बिकाश गरेका अद्यात्मिक र नपुंषक नियम मात्र हुन । भ्रम को मीठो स्वाद भित्र कैद यस्तै नियम देश को मुख्य स्यालदरबार बाट गाउँ गाउँ सम्मै फैलिएको सिंहदरबार सम्मन लाचार रुपमा सम्प्रेशन हुन्छ्न र अझै सम्म उन्मुक्ती पाइरहेका छ्न दोशी हरु माहाअप्रादी हरु र भोले बाबा एन्ड कम्पनिकाब्रान्डका अशली ठेकेदार हरु । आधुनिक देशका दलाली र हिमायती हरु । मन्त्रीहरु आफुले राष्ट्रको नाममा सपथ खांदा निर्दोश प्राणिले रगतको खोलो बगाइ बगालेरुको बलि चड्ने प्रथा हेरिरहदा माक्सिजमको खिलाफ र धज्जी मज्जैले उडाएको देखिन्छ । यस्तै मुलुकमा न्याय र समान्ताको अपेक्षा गर्नु मुर्ख हुनु सिबाय केही हैन ।

अब त प्रत्येक नारी हरु बोक्सी हुनु आबस्यक छ र प्रत्येक बोक्सी हरु नारी हुनु आबस्यक छ । उसो त प्रत्येक पुरुष हरु डाइना हुन र हरेक डाइना हरु पुरुष हुन र हुनु आबस्यक छ । इहिहास बोक्सी हरुके लेख्नु छ , कानुन बोक्सी हरुको हुनु आबस्यक छ , सिहदरबार बोक्सी हरुकै कब्जामा हुने दिन हो सांच्चैको बोक्सी हरु समाजमा निक्कै शक्तिशाली कहलिने । बोक्सी हरुले निक्कै उत्तेजक बिद्रोह गर्नुछ र तमाम पुरुष बादी सामाजको उत्तेजना बिरुद्द छरपस्टिनु छ । आन्दोलित हुनुछ । नारी हरुले बोक्सी नमान्दा र बोक्सी हरुले नारिलाइ अनापेक्षित आंखाले तरिन्जेल सम्म हो यो समाजमा बोक्सी भित्र नारी र नारी भित्र बोक्सी रहिरहेने । धामी भित्र झांक्री र झांक्री भित्र पुरुष या महिला रहन सक्छ भने हो अब बुज्नुस यिनारु भित्रै हो बोक्सी जिबित रहेको । मलाइ जांहा सम्म लाग्छ जब काला हरुले आफुलाइ काला हुनुमा गर्व गर्न थालेदेखि नै हो बिस्वले नेग्रो हरु प्रती प्रेम दर्शायको र नेग्रो हरु बिस्वसामु हेलाको दैलो नाग्न सफल भएको । दास्ता बाट उन्मुलन भएको । त्येसैले बोक्सीको परिभाषा हरु बदल्नु छ र बोक्सि भित्र कालपनिक कुरुप्ता हैन शृङ्गारिक सुन्दरता खोज्नु छ । बोक्सी हरुमा पनि गुलाफी फुल फुलाउनु छ । बोक्सी लाई सप्पैले बोक्सी नजर ले हेरेरै हो बोक्सी खास बोक्सी भएको । हाम्रो नजरमा परिबर्तन गरौ दृष्ट्रीकोण हरु बदलौ र बोक्सिलाइ पनि प्रेम गरौ प्रेम मा बदलौ । सांच्चै प्रेम हरुमा समाज सुन्दर हुने गर्छ न । जसरी बगैचामा फुलेका हरेक फुल मन्दिन छिर्न योग्य अयोग्य भनेर कुनै मापदन्ड बनाइदैन । अत बोक्सी हरु गुलाफ हुन । गुलाफ हरु सप्पैलाइ मन पर्छन । सप्पै नारी हरु फुल हुन सक्दा सप्पै फुल हरु नि बोक्सी हुन सक्छ्न । सप्पै बोक्सी हरुनी फुल हुन सक्ला यो मेरो ब्रान्डेड दाबी हो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित