नर्भिकका ‘लापर्बाह’ डाक्टर निलम्बित

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २७, २०७४ मुख्य खबर, शिक्षा-स्वास्थ्य

देब्रे खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने खुट्टाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका दुई चिकित्सक निलम्बनमा परेका छन् । नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले छानबिनपछि उनीहरुलाई एक महिनाका लागि निलम्बन गरेको हो ।

चितवनकी ३२ वर्षीया विन्दु पौडेलको ११ फागुनमा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा नर्भिक अस्पतालका डा। प्रवीण नेपाल र डा। शैलज रञ्जितकारले दाहिने खुट्टाको अप्रेसन गरेका थिए । अब उनीहरूले एक महिनासम्म कुनै पनि चिकित्सकीय अभ्यास गर्न नपाउने काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बताए । काउन्सिलको शनिबारको बोर्ड बैठकले चिकित्सकद्वयलाई कार्बाही गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित