Nepal Mediciti Hospital Ad

माग अस्वीकार गरे निर्वाचन बहिस्कार गर्ने चेतावनी

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २७, २०७४ प्रवास, मनोरञ्जन
venezuela_tapaikokhabar

राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी हेन्री फाल्कनले सत्तासीन राष्ट्रपति निकोलास मादुराले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि ल्याउन आफूले गरेको माग अस्वीकार गरेमा निर्वाचनको दौडबाट नै बाहिरिने बताएका छन्। भेनेजुयलाको शनिबार प्रकाशित एक अन्तर्वार्तामा ५६ वर्षीय प्रतिपक्षी नेता फाल्कनले भने, ‘निर्वाचनलाई स्वतन्त्र र स्वच्छ बनाउन अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाले अनुगमन गर्नुपर्ने उनको माग छ।

दोस्रो ५ वर्षको कार्यकालका लागि पुनः प्रतिस्पर्धा गर्ने जनाएका मादुरोले निर्वाचन आफ्नो पकडमा पार्न विभिन्न हतकण्डा अपनाउन सक्ने विश्वासमा प्रतिपक्षी गठबन्धन वर्तमान राष्ट्रपति र प्रशासनप्रति सशंकित देखिएको छ।

स्पेनी पत्रिका एल पाइससँगको कुराकानीमा उनले भने, ‘हामी चाहन्छौँ कि आगामी मे २० मा हुने निर्वाचन सन् २०१५ को मतदानभन्दा पारदर्शी हुनुपर्छ अन्यथा हाम्रो गठबन्धन यो दौडबाट बाहिरिने छ।’ यस सन्दर्भमा उनले छिट्टै संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससँग कुराकानी गर्ने जानकारी दिए। ‘भेनेजुयलाको निर्वाचनलाई स्वच्छ तथा स्वतन्त्र बनाउन विशेष भूमिका निभाउन महासचिवसँग आग्रह गर्नेछ’, फाल्कनले भने।

गत फेब्रुअरीमा यो गठबन्धनले निर्वाचन स्वच्छ प्रतिस्पर्धात्मक बनाइनेमा शंका व्यक्त गर्दै निर्वाचनमा सहभागिता नजनाउने बताएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित