रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

किन बढिरहेछ छाला गोरो बनाउने व्यापार ?

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २६, २०७४ शिक्षा-स्वास्थ्य, समाचार
skin-whitening-creams-tapaikokhabar

१० मा ८ नाइजेरियाली महिला छाला चम्काउने उत्पादन प्रयोग गर्छन् । यो दर विश्वको सबैभन्दा उच्च हो ।

एशिया–प्रशान्त क्षेत्रमा छाला चम्काउने उत्पादनको बजार १ दशमलव ३ अर्ब डलर छ । सन् २०१५ मा छाला गोरो बनाउने उद्योग विश्वव्यापी रुपमा १० अर्ब डलरको रहेको थियो ।

सन् २०२४ मा यो बढेर तेब्बर अर्थात ३१ दशमलव २ अर्ब डलरको हुने अनुमान छ । यी उत्पादन धेरै पहिलेदेखि हामी माझ छन् र तिनीहरु हानिकारक रहेको प्रमाणित भएका छन्, शारिरिक र भावनात्मक रुपमा । तर पनि यीनीहरुको लोकप्रियता बढेको बढ्यै छ, के कारणले होला ?

छाला गोरो पार्ने उत्पादन एकदमै विज्ञापनमा निर्भर छन् ।

इण्डियाना विश्वविद्यालयमा पत्रकारिताकी प्राध्यापक राधिका परमेश्वरम भन्छिन्, ‘छालाको रङ्गले हाम्रो समाजमा प्रतिष्ठा र काम दिने सामाथ्र्य राख्दछ । समाजमा कालो छालाप्रति पहिलेदेखि नकारात्मक धारणा छ ।’

यसको जरा उपनिवेशकालसँग जोडिएको छ ।

कुनै समय अफ्रिका, एशिया र दक्षिण अमेरीकाका सम्पूर्ण भूभाग प्रत्यक्ष र अप्रत्यक्ष युरोपका शक्ति राष्ट्रहरुको कब्जामा थियो ।

ती समयमा शासनमा रहने गोरा छाला भएका यूरोपेली प्रशासकले यी देशमा कालो छाला भएका मानिसलाई निम्नस्तरको मानिस जस्तो व्यवहार गर्थे ।

जन्मदेखि मृत्युसम्म समाजका सम्पूर्ण सुविधा छालाको रङ्गको आधारमा छुट्टिने देखे– भोगेका मानिसमा पनि ‘गोरो छाला राम्रो, कालो छाला खराब’ भन्ने भावना विकास भयो ।

उपनिवेशकाल लामो अवधि रहेका कारण यी समाजमा यो मानसिकता समाजिक सस्कृतिकै रुपमा बस्यो ।

यो मानसिकता र सन्देशलाई गोरो छाला बनाउने उत्पादनको विज्ञापनले बचाइराखेका छन्, अझ कति अवस्थामा बिस्तार गरिरहेका छन् ।

र भुमण्डलीकरणका कारण यो सन्देश प्रत्येक बर्ष धेरैभन्दा धेरै मान्छेमाझ पुगिरहेको छ ।

विश्वव्यापी सौन्दर्य बजार सन् २०१६ मा २ खर्ब ९३ अर्ब डलर रहेको थियो । यो बढ्ने देखिन्छ । यो वृद्धिमा मध्यम वर्गकोे वृद्धिको भूमिका छ, विशेषगरी एशिया–प्रशान्त क्षेत्रमा ।

सन् २०२१ सम्ममा विश्वव्यापी सौन्दर्य (कस्मेटिक) को व्यापार ३ खर्ब ३४ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ..

प्रतिकृया दिनुहोस्

सम्बन्धित