Nepal Mediciti Hospital Ad

जब तिमिले परेली झिम्क्यायौ

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २६, २०७४ कला खबर, कविता, साहित्य

एउटा प्रेम कबिता

परेली

जब झिम्क्यायौ परेली तिमिले

घुम्दा घुम्दै रोकिएको छ
टक्क
टेबुलमाथीको बूढो समय

छानामाथी प्रेम पत्र लेखिरहिछे मैना चरी
झ्यार झ्यार रेडियो फलाकीरहेछ समाचार
आगन छेउको बिस्कुन बजाइरहेछ थपडी
दम रोगीझैँ खङ खङ खोकीरहेछ भान्साकोठा

कपडाबाट भुइँमा खसीरहेको धुलोलाई अझै बच्चासगैँ खेलिरहनु छ
सालको पातमा लेखिएको अन्जान प्रेमिकालाइ
माकुराको जालोमै अल्झिरहनु छ

जिस्किरहनु छ बतासका
हत्केलाहरुलाइ अझै
तरुनी युवतीको नाभिसग
हिडिरहनु छ प्वाखका पैतलाहरुलाइ अझै
आफैलाइ छाडी उडेका पखेटाहरुसग

गुलेलिबाट भर्खरै उम्किएको ढुंगाको मुटुलाइ पुग्नु छैन चराको छातिसम्म
हातबाट भर्खरै लडिगएको मनलाइ पुग्नुछैन परदेसको माटोसम्म
र पुग्नु छैन कतै जुनकिरीहरुको देस उज्यालाहरुको यात्रालाइ

आज
घुम्दा घुम्दै रोकिएको छ
टक्क
टेबुलमाथिको बुडो समय

जब झिम्क्यायौ परेली तिमिले

यतिबेला मलाइ एक युग बाच्नु छ
-मनोज मुस्किल

प्रतिकृया दिनुहोस्

सम्बन्धित