Nepal Mediciti Hospital Ad

ह्याप्पी बर्थडे टु यु प्रदिप खड्का !

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २६, २०७४ फिल्म-संगीत, मनोरञ्जन
pradip khadka_tapaikokhabr

नेपाली चलचित्र क्षेत्रमा एकाएक स्टारडम र क्रेज बटुल्न सफल साथै सफल अनि चर्चित नायक प्रदिप खड्काको आज जन्मदिन परेको छ । सन् १९९२ मार्च १० मा जन्मिएका प्रदिप आजबाट २६ बर्षमा प्रबेश गरेका प्रदिपले स्केपबाट आफनो अभिनय यात्रा सुरुवात गरेका थिए ।

पहिलो चलचित्रबाट कुनै सफलता नपाएपछि अष्टेलिया जाने तयारीमा रहेका प्रदिपलाई प्रेम गीतले यसरी  लोकप्रियता दिएको छ ।बिना फिल्मी ब्यागग्राउण्डको बावजुद पनि उनले कमाएको स्टारडमको हरकोही तारिफ गर्छन् ।

सुरुवात आरजे बन्न तम्सिएका प्रदिपले त्यसमा राम्रो मौका नपाएपछि भिजे र त्यसपछि म्युजिक भिडियो प्रति आर्कषित हुँदै चलचित्र क्षेत्रमा उनको लगाव बढेको उनी बताउँछन् । बिषेशगरी युवतीहरुमा आफनो बर्चश्व बनाएका प्रदिप बेला बेला केही बिवादमा पनि आउँने गर्छन् ।

कोस्टार संगको झगडा , बडीगार्ड काण्ड र उनको अपरिपक्क अभिव्यक्तिको कारण केही पनि केही आलोचनामा आउँने गरेका प्रदिप हालसम्म सबैभन्दा धेरै २२ लाख पारिश्रृमिक लिएका एक मात्र नायक हुन् । उनीचलचित्रका लागि राम्रो टिम , पारिश्रृमिक , कथाबस्तु र नायिकामा समेत निकै ध्यान दिने गर्छन् ।

बर्षमा एउटा चलचित्रमा मात्र काम गर्ने र सुटिङ सकिएपनि आफनो चलचित्रको एडिटिङ , सबैमा पनि उत्तिकै चासो राख्ने भएकाले पनि निर्माता निर्देशकहरु उनीबाट निकै प्रभावित हुने गरेका छन् ।उनलाई तपाइको खबर को तर्फबाट जन्म दिनको सुभकामना |

प्रतिकृया दिनुहोस्

सम्बन्धित