Nepal Mediciti Hospital Ad

म तिमीलाई चौतारामा कुरेर बसेको छु

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २६, २०७४ कला खबर, कविता, साहित्य

संगीलाइ डाडामा पर्खेर

हाम्रो भेट जता पनि हुन सक्छ
चौतारामा
मसानघाटमा
सुदुर गाउको पधेरोमा
असनको ओखति दोकानमा
आमसभामा
ससुराली जादा जादै उकालोमा
त्रिशुली बजारमा
फलाखु दोभानमा
हो हाम्रो भेट जता पनि हुन सक्छ
तर म तिमीलाई चौतारामा कुरेर बसेको छु

हेर्दैछु
तल सलाखु खोलामा लुगा धोइरह्ने बहिनि को हुन्
भारी बोकेर उकालो चढ्ने आमाको दुख कति छन
बनमा बाख्रा डुलाईरहेकी संगीनीको उमेर कति भयो

आउ संगी माथि नै आउ
पहाडी डाडामा बसेर प्रिरतीका कुरा गर्नुछ
प्रिरतीका के कुरा
दुखसुखका कुरा गर्नुछ

दु:ख बाच्नेहरुलाइ पनि प्रेम लिएर
आउँछ नी हाम्रो ८ मार्च
-रसुवाली कवि

प्रतिकृया दिनुहोस्

सम्बन्धित