Nepal Mediciti Hospital Ad

मन्त्रीको घोषणा, ‘आवास भत्ता पाउनलाई दुई बिहे अनिवार्य’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २५, २०७४ रोचक विचित्र

दुईवटा पत्नी बिहे गर्ने पुरुषलाई सरकारले विभिन्न खाले सुविधाहरु प्रदान गर्नेछ ।युएइमा दुई श्रीमती हुने पुरुषले सरकारबाट अतिरिक्त घरभाडा भत्ता पाउनेछन् ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यो स्किम जारी गरेको हो । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यस्तो घोषणा गरे । उनका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता दिइनेछ ।

वास्तवमा यो दोश्री पत्नीलाई प्रदान गरिने भत्ता हुनेछ । एकपत्नी वाला परिवारले पहिले पाइराखेको आवास भत्ताको अतिरिक्त रकम हुनेछ त्यो ।

मन्त्रीका अनुसार आवास भत्ताका कारण पुरुषहरु दोश्रो बिहेका लागि प्रोत्साहित हुनेछन् र देशमा अविवाहित महिलाको संख्या घट्नेछ । अनि विवाहित पुरुषसँग बिहे गरेर दोश्री बनेर जाने महिलाले पनि पहिलो श्रीमतीले झैँ आवास र अन्य सुविधा प्राप्त गर्नेछिन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित