रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

झलनाथ खनाललाई निरोज कुमार थापाको पत्र

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २५, २०७४ Flash News, विचार, समाचार
jhallu khanal -tapaikokhabar
कामरेड झलनाथ खनाल ज्यू, तपाईले एउटा सम्मानित पदमा बसेर मुलुकको सेवा गर्ने र बिस्तारै अवकाश लिने सोचेपनि पार्टीको स्थायी कमिटीको निर्णयले तपाईको त्यो सोच पूरा हुन दिएन । यसमा अत्ताल्लिएर, बहकिएर तपाईले सन्ताप मान्नुपर्ने कुनै कारण छैन, किनकी पार्टी स्थायी कमिटीले तपाईलाई पछि पार्न खोजेको नभई तपाईबाट सक्रिय राजनीतिको अपेक्षा गरेको पनि हुनसक्छ
पार्टीले गरेको यो निर्णयलाई तपाईले सक्रिय राजनीतिमा लाग्न आफूलाई प्रेरणा मिलेको भनिदिदा आम जनमानस र तपाईका शुभ चिन्तकमा राम्रो शन्देस जानेछ ।
तपाईलाई थाहा छ, हामीले पनि हिजो तपाईबाटै सिकेका हौँ, राजनीति धेरै पक्षहरुबीचको अन्तरखेल हो । त्यहाँ देखिने सबै अवरोध र तगराहरुलाई पन्छाएर पार्टी सुदृढीकरण र मुलुकको हितमा सैद्धान्तिक, सांगठनिक र बैचारिक रुपमा तपाईले सक्रियता देखाउने बेला आएको छ ।
यहाँ मैले यो कुरा भन्नु हुन्छ या हुँदैन त्यो मलाई थाहा छैन, तर हामी सबैले रुचाएको नेकपा एमाले पार्टी भित्र थुप्रै बिकृती देखा परेको छ । एकाधिकार जमाउन खोज्ने तत्वको हातमा पार्टीको ताला चाबी छ अहिले । त्यसैले अब चूप लागेर होईन तपाईले फरक भूमिका देखाउनै पर्छ कामरेड ।
त्यतिमात्रै होईन, अबको केही समयमा नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता हुँदैछ । यो हामी वामपन्थी विचार भएका हरुको लागि इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हो । तपाईले निराश र हिनताबोध नराखी अब सक्रिय हुने बेला आएको छ । एकीकृत पार्टीको नेतृत्वका लागि पनि तपाईको कसरत कायम रहोस् ।
शुभकामना
प्रतिकृया दिनुहोस्

सम्बन्धित