रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

बिदेश गएर काम गर्छु भन्ने युवासमेत पाइला पाइलामा ठगिने देश, नेपाल

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २५, २०७४ प्रवास, मुख्य खबर, रोजगार, रोजगारी, समाचार
Baideshik yatra-tapaikokhbar

नेपाली युवालाई वैदेशिक रोजगारीका लागि बिदेश पठाउने क्रममा गएको ७ महिनामा मात्र झण्डै ५८ करोड रुपैयाँ ठगी भएको छ ।

नेपाली कामदालाई विदेशका विभिन्न मुलुक पठाउन सरकारी लाइसेन्स होल्डर म्यानपावर कम्पनी, एजेन्ट, कन्सलटेन्सीलगायत अन्य विभिन्न व्यक्तिगत तवरवाट यो रकम ठगी भएको हो । प्रतिकुल राजनीतिक वातावरण, मुलुकभित्र रोजगारीको अभाव, श्रमअनुसारको आम्दानी नहुनुलगायतका कारण मुलुकबाट दैनिक झण्डै २ हजार युवा श्रमको खोजीमा विदेशिन बाध्य छन् । उनीहरुको त्यही बाध्यतामा खेल्दै कतिपय व्यक्ति, म्यानपावर कम्पनी, कन्सलटेन्सीलगायतले ठगी गरिरहेका छन् । विदेशिने युवा बढ्दै जाँदा हरेक वर्ष उनीहरु ठगिने क्रम पनि बढ्दै गइरहेको छ ।

बैदेशिक रोजगार विभागमा गत आर्थिक वर्षमा ६९ करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको थियो । तर, चालु आर्थिक बर्षको ७ महिनामा मात्रै ५७ करोड ९४ लाख ठगी भएको उजुरी लिएर १२ सय १४ युवा विभाग पुगेका छन् ।

२० हजारदेखि ५० लाख रुपैयाँसम्म ठगिएका युवाहरु उजुरी लिएर विभाग आउने गरेका विभागका अधिकारीहरु बताउँछन् । यही अनुपातमा ठगी हुने क्रम बढेमा गत वर्षभन्दा यो वर्ष ३० करोड रुपैयाँभन्दा बढी अर्थात झण्डै एक अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । मकवानपुरकी ५५ वर्षीया गंगा सुवेदी छोरालाई विदेश पठाउने क्रममा चार वर्षअघि ललितपुरका एक व्यक्तिबाट ३२ लाख रुपैयाँ ठगिएकी थिइन् ।

उनका अनुसार आफ्ना छोरालाई जापान पठाइदिने भन्दै विनोदकुमार उदास नामका व्यक्तिले रकम लिएर फरार भएका छन् । उनले बैदेशिक रोजगार विभागदेखि महानगरीय प्रहरी अपराध महाशाखासम्मको ढोका ढकढकाइन । तर, अहिलेसम्म पैसा फिर्ता पाउने टुंगो छैन । गंगाजस्तै धेरै पीडित छन्, जो वर्षौँदेखि न्यायको प्रतिक्षामा छन् । तर, पीडितले न्याय पाउनुको साटो पीडित नै थपिने क्रम बढिरहेको छ । कालो सूचिमा परेको ब्लुस्टार म्यानपावर कम्पनीका संचालक रुद्रबहादुर घिमिरेमाथि डेढ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

७१ जनासँग ४० हजार रुपैयाँका दरले ठगी गरेको आरोप लागेका घिमिरेले अहिले स्टाम्पफोड ब्रिजको नाममा युवाहरुलाई विदेश पठाइरहेका छन् । पीडित युवाहरुका अनुसार आजभोलि फोन गर्दा बिरामी परेको भन्दै घिमिरेले उनीहरुलाई भेट्न चाहँदैनन् । कालो सूचीमा परेका म्यानपावर कम्पनीका संचालकले नयाँ नाममा कुनै म्यानपावर खोल्न नपाइने व्यवस्थाविपरित उनले अर्को कम्पनी खोलेर युवाहरुलाई विदेश पठाउँदै आएका छन् । यी त, बाहिर देखिएका प्रतिनिधि घट्नामात्र हुन् ।

श्रमको खोजीमा बिदेशिन चाहने युवाले विदेशमा त दुख पाउँछन् नै, आफ्नै देशमासमेत पाइला–पाइलामा ठगिन बाध्य छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित