Nepal Mediciti Hospital Ad

कविता- ‘म त त्यहि जमिन हुं’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २४, २०७४ कला खबर, कविता, साहित्य
ओमकार प्रथा

म जमिन हुं
****
तिमीले फूल भन्यौ
म मुस्कुराइहें – जीवनको रित्तो डालीमा !
तिमीले जून भन्यौ
म उदाइरहें – मनको एक्लो आकाशमा !
आज फेरि,
तिमीले जुत्ता ठान्यौ
म चुपचाप रित्याइरहेछु – हलाहलका डवकाहरू !
———-

तिमीलाई लाग्दो हो
बिक्रीमा छन् -हाम्रा सम्वेदनाहरू !
तिमीले सोचेका हौला
यो धर्ती विजय गर्ने एक्लो बादशाह मै हुं !
तर याद राख
जुन दिन यो जुत्ता हराउनेछ
शायद,
त्यहि दिन तिम्रो जीवनको गन्तव्य मेटिनेछ !
किनकि,
म त त्यहि जमिन हुं
जहां टेकेर तिमी – जिन्दगीको यात्रा गरिरहेछौ !

*********
-प्रथा

प्रतिकृया दिनुहोस्

सम्बन्धित