भारतबाट भित्रिने टिभीको मुल्यमा बृद्धि

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २४, २०७४ अर्थ, आर्थिक खबर, कर्पोरेट
telivision_tapaikokhabar

नेपालमा भारतबाट आयात हुने टेलिभिजनहरुको मुल्य वृद्धि हुने देखिएको छ ।भारत सरकारले बजेट वक्तव्यमा विदेशबाट आयात हुने टिभी र यससँग सम्बन्धीत बस्तुमा वृद्धि गरेको भन्सारदरका कारण टिभीको मुल्यमा ६ प्रतिशतसम्म वृद्धि भएको हो ।

सामसुङ,प्यानसोनिक टेलिभिजन सेटका सामानको मुल्यमा ६ प्रतिशतसम्म मुल्य वृद्धि भएको छ । हाल उक्त टिभि कम्पनीहरुले सामानमा ३०० भारुदेखि २ हजार भारुसम्म मुल्य वृद्धि भएका छन् । टेलिभिजनको स्क्रीन जति ठूलो भयो त्यति नै धेरै मुल्य बढेको छ ।

बीपीएल,सान्यो,कोडाक टिभिहरुको पनि मुल्य वृद्धि भएको छ । कोडाकले आफ्ना उत्पादनमा १० प्रतिशतसम्म मेल्य बढाएको छ भने बीपीएलले ५देखि ६ प्रतिशतसम्म मुल्य बढाउने तयारी गरेको छ ।

सरकारले भन्सार कर बढाएका कारणले आफ्नो टिभी सेटको मुल्य बढाउन परेको बताएका छन् । भारतमा आयात हुने टिभीमा कुनै पनि नयाँ फिचर नथपी मुल्य बढेका कारणले मुल्य बजारमा टिभीको मागमा कमी आउने अनुमान गर्न थालिएको छ ।

भारतमा भएको मुल्य वृद्धिका कारण नेपालमा आयात हुँदा बढेको मुल्यमा नै नेपालमा आयात हुने भएकाले नेपाली बजारमा भारतबाट आयात हुने टेलिभिजनको मुल्य बढ्ने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित