रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

गगन थापाले कांग्रेस पार्टी छाडिदिनुपर्छ

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २४, २०७४ Big News, मुख्य खबर, विचार
Gagan-Thapa_tapaikokhabar

विक्रम आदित्य । नेपाली कांग्रेसभित्र गगन थापा आशाका केन्द्र हुन् । उनका भाषणबाट धेरै नेपाली नतमस्तक छन् । पदमा रहँदा उनले गरेका कतिपय काम पनि प्रशंसायोग्य छन् । हालै गगन थापासहितका युवा नेताले पार्टी शुद्धिकरण अभियान सुरु गरेका छन् । यो अभियान सुरु हुनुमा पनि गगनको अहम भूमिका छ । वास्तवमा भन्ने हो भने गगन थापा नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुपर्ने नेता हुन् । तर, नेपाली कांग्रेसलाई उनले नेतृत्व गर्न पाउने सम्भावना अत्यन्तै क्षीण छ । तीन तहको निर्वाचनमा शर्मनाक हार बेहोरे पनि शेरबहादुर देउवाले नै संसदीय दलको नेतामा जित निकाले । गगन थापाहरुले नेतृत्व परिवर्तन र कांग्रेस शुद्धिकरणको बहस चलाइरहेका बेला देउवाले पुष्टि गरिदिए, तत्कालै उनलाई हल्लाउन गार्हो छ ।

सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा अभ्यास र संस्कृति पनि अत्यन्तै पुरानो शैलीको छ । अहिलेसम्म कांग्रेस जीवित रहनुको मुख्य कारण नै गगन थापाहरु हुन् । यस्ता नेताको कांग्रेसमा उदय नभएको भए, आज सायदै कांग्रेसको अस्तित्व अहिलेकै धरातलमा हुन्थ्यो । देश, जनता र पार्टीको हितमा सधैँ कटिबद्ध हुने गगनजस्ता नेताको आवाज आजभोली कांग्रेसमा बिक्न छाडेको छ । यसको पछिल्लो उदाहरण हो, नयाँ पुस्ताले नचाहँदा नचाहँदै शेरबहादुरले संसदीय दलको चुनाव जित्नु ।

जीवित पार्टीभित्र अन्तरसंघर्ष हुन्छ । गुट, उपगुट, फरक विचार समूह, यी सब पार्टीभित्र नौलो कुरा होइन । तर, जब पार्टी नेतृत्वमा एकात्मक र केन्द्रिकृत शैली हाबी हुन्छ, अझ प्रजातान्त्रिम पार्टी, त्यसमा इमान्दार र कर्मठ नेताहरु रहन सक्दैनन्, न उनीहरुले गर्ने आन्तरिक संघर्ष नै कामयाब हुन सक्छ । उदाहरणका लागि तत्कालीन एकीकृत नेकपा माओवादी । एकात्मक र केन्द्रिकृत नेतृत्व हाबी हुँदा मातृका यादव, मोहन वैद्य, बाबुराम भट्टराईहरु पार्टी छाड्न बाध्य भए ।

केही दिनअघि गगन थापा वाम गठबन्धनमा प्रवेश गर्दै भनेर कसैले अफवाह फैलाए । भ्रामक समाचार भएपनि मलाई यो सत्य भइदिए हुन्थ्योजस्तो लाग्यो । एक किसिमले खुसी लाग्यो, यो मानेमा होइन कि गगन थापा वाम गठबन्धनमा प्रवेश गरे । खुसी यो मानेमा कि गगन थापाले विद्रोह गरे । हुन त आफ्नै पार्टीभित्र विद्रोह गरेर निस्किएका नेताहरुको हालत खासै राम्रो छैन । तर, गगन थापाले चाहे पनि एउटा शसक्त पार्टीको नेतृत्व गर्न सक्छन् । त्यसका लागि गगन थापाले कि कांग्रेस छाड्नुपर्छ, कि कांग्रेसभित्र आफ्नो अस्तित्व शसक्त बनाउन सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित