रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

हार्ने चुनाव किन लड्दैछ कांग्रेस भन्ने प्रश्नमा शशांकको यस्तो जवाफ

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २३, २०७४ मुख्य खबर, समाचार

आखिर हार्नै चुनावमा नेपाली कांग्रेस किन लड्दैछ भन्ने प्रश्नमा कांग्रेस महामन्त्री शशांक कोइरालाले यदि वाम गठबन्धनले विद्या भण्डारीबाहेक अरु कसैलाई राष्ट्रपतिमा अघि सारेको भए कांग्रेसले उम्मेदवारी नदिन सक्ने बताएका छन् ।

तर, एमालेले भण्डारीलाई अघि सारेपछि आफ्नो असहमति जनाउन उम्मेदवारी दिएको भन्दै कोइरालाले भने, ‘राष्ट्रियसभा सदस्य मनोनयन लगायतमा उहाँले अभिभावकीय भूमिका खेल्न सक्नुभएन ।’

मंगगलबार मध्यरातमा सकिएको एमाले बैठकले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो । चुनाव हारिन्छ भन्ने निश्चित छ । राष्ट्रिपति सबैको समान, सबैको संरक्षक पनि हो । सभामुख सबैको हो भन्ने सन्देश दिन उम्मेदवारी नदिने तर, सिंगो राष्ट्रको नेता’ राष्ट्रपतिमा चाहिँ किन उम्मेदवारी दिने ?

कांग्रेसमा यो मत बलियो थियो तर, बिहीबार विहान बसेको केन्द्रीय समितिको बैठकले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

मध्याहृन महामन्त्री शशांक कोइरालासहितका नेताहरुको उपस्थितिमा राईले उम्मेदवारी दर्ता गरिन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित