रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

प्रधानमन्त्री ओलीको एउटा निर्णयमा देउवा खुसी भए, भने ‘सहयोग गर्छाै’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २२, २०७४ Big News, Flash News, मुख्य खबर, समाचार
sher_tapaikokhabar

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनका गर्न लागेको कुरामा आफु खुसी रहेको र कांग्रेसको पनि सहयोग रहने बताएका छन् । मंगलबार संसद बैठकमा समय लिएर देउवाले संविधान संशोधनमा सहयोग गर्न कांग्रेस तयार रहेको बताएका हुन् ।

आफू नेतृत्वको सरकारले संविधान संशोधन विधेयक ल्याउँदा ‘राष्ट्रहीत विपरीत’ भएको भन्दै अवरोध गरेको एमाले हाल संविधान संशोधनमा सकारात्मक बन्नु खुसीको कुरा भएको देउवाको प्रतिक्रिया छ।

‘हामीले संशोधन गर्न खोजेका थियौँ। तर भएन’, देउवाले भने,’अहिले संशोधन गर्न खोजेको सुनेको छौँ। खुसी भएको छु। सफलता मिलोस्। सहयोग गर्ने विश्वास दिलाउन चाहन्छौँ।’

कांग्रेसको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रिया सम्पन्न हुन बाँकी रहेको बताउँदै सभापति देउवाले त्यसमा आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित