Nepal Mediciti Hospital Ad

करिश्मा र मुकेशको चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २१, २०७४ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
karisma_tapaikokhabar

नायिका करिश्मा मानन्धर र मुकेश ढकालको चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक भएको छ । पूणिर्मा लामाको निर्माणमा तयार भएको यो चलचित्रलाई एनबी महर्जनले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरसहित ४ वटा गीत काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

चैत्र २३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रकी नायिका करिश्मा मानन्धरले यो चलचित्रको कथा आफूलाई निकै मन परेको बताइन् । उनले चलचित्रले समाजका लागि सन्देश दिने समेत बताइन् ।

कार्यक्रममा चलचित्रका निर्देशक महर्जन उपस्थित नभएपछि कलाकार संजोग राणा र निर्माता शेखर लामाले दुःख व्यक्त गरेका थिए । यो चलचित्रमा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पुर्णिमा लामा, संजोग राणाका साथमा कमली वाइवा, मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डीसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित